मनकामनापोष्ट

Written by 5:49 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

जनकपुरमा भयंकर दुर्घटना, टिपर जल्यो, मोटरसाइकल चालकको ज्यान गयो


जनकपुरधाम, असोज १० गते । जनकपुरको पीडारीचोकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दास छन् ।

जनकपुरबाट ढल्केबर तर्फ जान लागेको ना . ७ ख ४७४१ नम्बरको टिपर विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । घटना अपराह्न साढे ४ बजेतिरको हो ।
ठक्कर पश्चात् स्थानीयले टिपरमा आगो लगाएपछि पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मृतक दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

(Visited 15 times, 1 visits today)

HTML tutorial