मनकामनापोष्ट

Written by 4:11 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

प्रथम चतरा नकआउट फुटवलःहाटखोला फुटवल क्लब विजयी


सन्तोष गुप्ता
सुनसरी,असोज ११ गते ।
वराहक्षेत्रको चतरा खेल मैदनमा मा भईरहेको प्रथम चतरा नकआउट फुटवल प्रतियोगिताको सोमवार भएको खेलमा हाटखोला फुटवल क्लब वराहक्षेत्र,२ विजयी भएको छ ।

राजाबास फुटवल क्लब वराहक्षेत्र,९ लाई १ का विरुद्ध २ गोलले हराउ“दै हाटखोलाले खेल जितेको हो । खेलको पहिलो हाफमा हाटखोलाका खेलाडी राहुल राईले १ गोल गर्दै जितको खाता खोलेका थिए,लगत्तै विपक्षी टिमका बिमल राईले एक गोल गरि खेल बराबर बनाए पनि मध्यानतर पछि लगातार दबाब बनाएको हाटखोलाका खेलाडी दिपेश तामाङ्गले थप १ गोल गरि टिमको जित पक्का गरेका थिए ।

खेलका म्यान अफ द म्याच दिपेश तामाङ्ग लाई चतरा प्रहरीका प्रतिनिधिले नगद १ हजार सहित ट्रफि प्रदान गरेका थिए । प्रतियोगिताको मंगलवार हुने खेलमा पञ्चकन्या फुटवल क्लब बेलका,८ उदयपुर र जे.एस.वाई.सी सुन्दरहरैचा,मोरङ्ग भिड्ने, आयोजक चतरा फुटवल क्लबका सचिव दिनेश राईले बताए ।

(Visited 14 times, 1 visits today)

HTML tutorial