मनकामनापोष्ट

Written by 3:45 pm खेलकुद, ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल

जेएसवाईसी सुन्दरहरैंचा विजयी


सन्तोष गुप्ता
सुनसरी,असोज १२ गते ।
वराहक्षेत्रको चतरामा जारी प्रथम चतरा नकआउट फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा जेएसवाईसी सुन्दरहरैंचा विजयी बनेको छ ।पञ्चकन्या फुटवल क्लब बेलका–८ उदयपुरलाई २–० गोल अन्तरले हराउ“दै जेएसवाईसी विजयी बनेको हो ।

खेलमा मध्यान्तर अगाडि जेएसवाईसीका डगेन राईले १ र मध्यान्तर पछि बिबेस गुरुङ्गले अर्को १ गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । रोमाञ्चक बनेको खेलमा विपक्षी टिम लाई कडा टक्कर दिएको भएपनि,पाएको धेरै अवसरहरुलाई भने पञ्चकन्याले गोलमा बदल्न सकेको थिएन् ।

खेलका म्यान अफ द म्याच जेएसवाईसीका बिबेस गुरुङ्ग लाई इनु शेर्पाले नगद १ हजार रुपैंया र ट्रफी प्रदान गरिन् । प्रतियोगिताको बुधवार हुने क्वाटरफाईनल खेलमा, ईटहरी फुटवल क्लब र एभरेष्ट फुटवल क्लव वराहक्षेत्र,३ नडाहा विच भिडन्त हुने आयोजक चतरा फुटवल क्लबका सचिव दिनेश राईले बताए ।

(Visited 12 times, 1 visits today)

HTML tutorial