मनकामनापोष्ट

Written by 5:34 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

पिएचसीसी चतरा लाई ३ लाखको स्वास्थ्य उपकरण सहयोग


सन्तोष गुप्ता
सुनसरी, असोज १३ गते । वराहक्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र चतरा लाई तीन लाख पचास हजार बराबरको स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग प्रदान गरिएको छ । बुधवार स्वास्थ्य केन्द्रमा गरिएको एक कार्यक्रमका विच सो नेपाली कांग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधि तथा केन्द्रिय तरुण विभागको युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समिति सदस्य सुरेन्द्र राईले स्वास्थ्य केन्द्र लाई सामाग्री हस्तान्तरण गरे ।

राई को पहलमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागले, स्वास्थ्य केन्द्र लाई अक्सीजन कन्सन्ट्रेटर १ थान,सेनीटाइजर २५ लीटर,फेस सील्ड १ सय थान,पिपिई सेट १ सय थान,एन्टीजेन टेस्ट कीट २ सय थान,थर्मामीटर ३ थान, यसैगरी पल्स अक्सीमीटर २ ,थर्मल गन १ थान तथा मास्क उपलब्ध गराएको केन्द्रका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरीले बताए ।

चतरा पिएचसीसी लाई स्वास्थ्य उपकरण उपलब्ध गराउ“ने युवाको प्रयास सहनिय भएको वराहक्षेत्र नपा वार्ड नं १ नेपाली कांग्रेस सभापति ईश्वर थापा र नेकपा एमाले अध्यक्ष कृष्ण कट्टेलले बताए । प्रदान गरिएकोसामाग्रीलेकोभीडको महामारीको समयमा स्थानिय संक्रमितहरुको जिवन रक्षा गर्ने भन्दै तथा व्यवस्थापन समिति सदस्यद्वय लंकमान विक र दुर्गादेवी बुढाथोकीलेराईलाई धन्यवाद् दिए ।

कार्यक्रममाराई रयस अघि उपकरण सहयोग गर्ने बोधीसत्व विहार काठमाँडौका प्रतिनिधि हिमाल राई र गैर आवासिय नेपाली संघ का सुभास गौतमलाई सम्मान गरिएको थियो । गणेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनिल गिरीले गरेका थिए ।

(Visited 17 times, 1 visits today)

HTML tutorial