मनकामनापोष्ट

Written by 5:38 pm ताजा अपडेट, प्रदेश नं.१, राष्ट्रिय

ताप्लेजुुङका ६ वटा स्थानिय तह कोरोना संक्रमण मुक्त



ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुुङका ९ मध्ये ६ वटा स्थानीय तह कोरोना संक्रमणमुक्त बनेका छन् । अहिले सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित पाथीभरा याङ्वरकमा २३ जना रहेका छन् । फुङ्लिङ नगर क्षेत्रमा रहेको ताप्लेजुङ जिल्ला अस्पतालमा १२ जना र सिरिजंगा गाउँपालिकामा ५ जना गरी सक्रिय कोरोना संक्रमितको संख्या ४० मा झरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । फुङ्लिङ नगरपालिका आफैंले परीक्षण गर्दा संक्रमित भएका सबै संक्रमणमुक्त भइसकेपनि ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गराएका १२ जना अझै संक्रमण कायम रहेपछि फुङ्लिङलाइ संक्रमणमुक्त सूचीमा नराखिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार बिरामी नभएर कोभिड अस्पताल बन्द भएको ताप्लेजुङबाट थप उपचारका लागि रेफर गरिएका कोरोना संक्रमित बिरामी छैनन् । सक्रिय कोरोेना संक्रमित ४० मध्ये ३९ जना होम आइसोलेसनमा र १ जना स्थानीय तहले बनाएको आइसोलेसन कक्षमा रहेर स्वास्थ्य लाभ गरिरहेको प्रशासन कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा २ हजार ५ सय १३ जनामा संक्रमण देखिएकोमा २ हजार ४ सय ५७ जना भने संक्रमणमुक्त भइसकेका छन् । जिल्ला भित्रमै कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता जिल्ला भित्र र बाहिर जिल्ला उपचारका क्रममा ताप्लेजुङका २२ जना नागरिकले ज्यान गुमाएका छन्

(Visited 9 times, 1 visits today)

HTML tutorial