शुभ नारायण यादव
सप्तरी,असोज १४ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका अन्तरगत रहेको स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बैंक अफ काठमाडौं लिमिटेड छिन्नमस्ता शाखाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हुन ।
बैक अफ काठमाडौका प्रमुख बिनेश कुमार श्रेष्ठले सर्जिकल माक्स ७५ प्याकेट, सेनिटाईजर २० लिटर, सर्जिकल ग्लोब्स् ७५ प्याटेक, पिपिई ७५ थान स्वास्थ्य चौकी सखडा प्रमुख अजय कुमार झालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
बैंकले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी सखडालाई कोभिड १९ को जोखिम न्यूनीकरण गर्ने अभिप्रायले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बैंक अफ काठमाडौ छिन्नमस्ता शाखा प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
(Visited 6 times, 1 visits today)