मनकामनापोष्ट

Written by 4:44 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

बिभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश


सप्तरी,असोज १४ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा बुधबार नेकपा एमाले, काँग्रेसलगायतका बिभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमाले सप्तकोशी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सयौं नेताकार्यकर्ता जसपामा प्रवेश गरेको हुन् ।
अध्यक्ष यादव नेतृत्वमा किसुनदेव यादव, प्रमोद यादव, राजेश कुमार खंग, सुदिया सदा, चन्देश्वर मरिक, रामु खंग, रघुनन्दन खंग गरि ५ दर्जन एमाले नेताकार्यकर्ता जसपामा प्रदेश गरेका छन । यस्तै नेपाली कांग्रेसका बिरेन्द्र ठाकुर, लहरन खंगको नेतृत्वमा १ दर्जन भन्दा बढी नेताकार्यकर्ता जसपामा प्रवेश गरेको जसपा सप्तकोशी नगरपालिकाका अध्यक्ष राम कुमार यादवले जानकारी दिनु भयो । नव प्रबेशी नेताकार्यकर्तालाई प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री तथा जसपा केन्द्रिय कार्याकारिणी समिति सदस्य नवल किशोर साहले अबिर माला लगाएर पार्टी प्रबेश गराएका थिए ।

(Visited 3 times, 1 visits today)

HTML tutorial