मनकामनापोष्ट

Written by 5:22 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय समाचार

धनुषाको सवैला नगरपालिकामाःवार्ता अमान्य,अनसन जारी


जीतेन्द्र कुमार राम
धनुषा,असोज १४ गते ।
धनुषाको सवैला नगरपालिकामा सुचनाको हक प्रयोग गरेर स्थानिय युवाहरुको समूह नगर युवा सन्जालले सवैला नगरपालिका बिरुद्ध भ्रष्टाचार भएको भन्दै सुचना माग गर्दा सुचना नपाएपछि ११ दिनदेखी रिले अनसन बस्न बाध्य भएका छन।
संयुक्त संघर्ष समितिले गत जेठ ९ मा पालिकासंग ९ बुंदे सुचना माग सहित उजुरी दर्ता गराएका थिए।जसमा कोरोनाकालको सम्पुर्ण खर्च विवरण,दुर्गापथको प्रगती विवरण तथा पालिकाभित्रको पोखरिहरुको आयब्यय विवरण मुख्य रहेका छन।
सन्जालले पालिकासंग ९ बुंदे माग राख्दै शान्तिपूर्ण आन्दोलनमा बस्न बाध्य भएको संघर्ष समितिका एक पदाधिकारीले बताए।
आफुहरुले नगरपालिका भित्र भ्रष्टाचारीहरुको गुटबन्दी भइ बिभिन्न आर्थिक बर्षहरुमा बजेटका पैसाहरुको ठुलै चलखेल भएको तथा विभिन्न योजनाहरुको नाउमा करोडौं रकम झ्वाम्म पारेको भनी जाहेरी समेत दर्ता गराइएको संघर्ष समितिका संयोजक सुरेश यादव बताउछन।

उजुरी पश्चात् पनि नगरप्रमुख र अधिकृत तथा वडाध्यक्षहरुको अटेरी पश्चात् सुचना दिन नमानेको,आनाकानी गरिएको साथै भ्रष्टाचार विरुद्ध जनतालाइ जागरुक गराउन शान्तिपूर्ण तरिकाले अनसन बसिएको समितिका एक सदस्य बिक्रम यादबले बताए।
संयुक्त संघर्ष समितिलाइ पटकपटक नगरप्रमुख बिजय शंकर साहले कार्यालय भित्र संबंधित सवै बसि बार्ता गर्न बोलाइएको तथा समितिले खुल्ला मन्चमा जनतासमक्ष बार्ताबारे कुरा गर्न माग राख्दै आएको बताए।खुला रुपमा बार्ता गर्न कतिपय कुराहरुमा गोपनियता तथा संबेदनसिल रहेकाले खुल्ला रुपमा बार्ता नगर्न आग्रह गर्दै आएको समेत जनाए।
बिहिबार खुला रुपमा बार्ता गर्न पुगेका नगरप्रमुख बोल्दै गर्दा वडा नं २ का वडाध्यक्ष पारस साह र वडा नं ९ का वडाध्यक्ष सुशील रायले अनसनकारी बसेको पंडाललाई गुण्डा शैलिमा पुर्व योजनाअनुरुप हमला गरेको संयोजक यादवले बताए।
यता मेयर साहले आफू हुलाक मार्फत सुचना पठाइसकेको तथा केही दिनमै सुचना हातमा पुग्ने भएकोले अनसन तोड्न समेत आग्रह गरे।संयोजक यादवले सुचना हातमा नआउन्जेलसम्म अनसन जारी रहने अडानमा भने टिकिरहे।

मेयर साहले हुलाकमार्फत पठाइएको सुचनाको सम्पुर्ण एक पत्र बुझाएपछी संयोजक यादवले सुचना नदिन आलटाल गरेको तथा बहाना बनाइएको हुन सक्ने भन्दै समितिले अनसन जारी नै रहने थपे।

(Visited 204 times, 1 visits today)

HTML tutorial