मनकामनापोष्ट

Written by 5:03 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

लहान नगरपलिका २२ सिसवनीमा स्कुल बस घुमाउरो बाटोमा अनियंत्रित भई पोखरीमा खसेर दुर्घटना


सिरहा,असोज १५ गते । सिरहाको लहान नगरपलिका २२ सिसवनीमा आज स्कुल बस दुर्घटनामा परेको छ । स्थानीय ज्वालामुखी ईङ्ग्लिश बोर्डिङ्ग स्कुलको प्र. २ –०१– ००१ क –००९३ नम्बरको बस सत्येन्द्र नारायण चौधरीको पोखरी नजिक रहेको घुमाउरो बाटोमा अनियंत्रित भई बस पोखरीमा खसेर दुर्घटनामा परेको हो ।
वस बिद्यार्थीलाई छोडेर स्कुल फर्किने क्रममा अनियन्त्रित भएर पोखरीमा खसेको बताइएको छ । दुर्घटनाबाट मानवीय क्षती नभएपनी बाटो साङ्हुरो रहेको उक्त ठाउँलाई मर्मत सम्भार गर्न नगरपालिका र वडा कार्यालयले चासो देखाएको छैन् ।
लोकमार्ग भन्दा करिव ३ किलोमीटर दक्षिणमा पर्ने उक्तबाटोमा दैनिक सयौको संख्यामां सवारी साधनहरु चल्ने गरेको छ ।

(Visited 27 times, 1 visits today)

HTML tutorial