मनकामनापोष्ट

Written by 5:34 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, सुरक्षा/अपराध

वराहक्षेत्रको देवीघाटमा फुटवल हुने


सन्तोष गुप्ता
सुनसरी,असोज १५ गते।
सप्तकोशी युवा क्लबको आयोजनामा,वराहक्षेत्र नगरपालिकाको वार्ड नं ७ को देवीघाटमा, असोज २१ गते वाट क्लब स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मोरङ्ग र सुनसरीका ८ टिम सहभागि हुने, क्लबले शुक्रवार पत्रकार सम्मेलन गरि जनाएको छ ।

फुटवलमा रानी विराटनगरको पुलिस क्लब, राजाबास फुटवल क्लब वराहक्षेत्र–९ हाटखोला फुटवल क्लब वराहक्षेत्र–२, शान्तीनगर फुटवल तरहरा, बक्लौरी युवा क्लब पंचायन,सप्तकोशी युवा क्लब देवीघाट, न्यू स्टार फुटवल क्लब कालाबन्जर र आयोजकनिलो सहभागि हुने आयोजक सप्तकोशी युवा क्लबका अध्यक्ष कपिल आचार्यले बताए ।

प्रतियोगिताको विजेतालाई नगद ५५ हजार ५ सय ५५ रुपैंया र उपविजेतालाई ३५ हजार ५ सय ५५ रुपैंया तथा ट्रफी प्रदान गरिने छ , प्रतियोगिताको व्यक्तिगत विधा तर्फ उत्कृष्ठ गोलकीपर,सर्वाधिक गोलकर्ता,रक्षापंक्ति,यसैगरी उत्कृष्ठ टिम कोच र म्यानेजर लगायत लाई पुरस्कार दिईने अध्यक्ष आचार्यले जानकारी दिए ।

३ लाख ७५ हजार बजेट भएको प्रतियोगिता लाई वराहक्षेत्र नपा खेलकुद विकास समितिले १ लाख २५ हजार उपलब्ध गराएको छ भने सहयोग रसिद वाट १ लाख ५० हजार,संघ संस्था वाट७५ हजार र अन्य टिकट बिक्री,सवारी साधन पार्किङ्ग वाट गरि २५ हजार जुटाईने उनले बताए ।

यस भन्दा अघि९ वटा क्षेत्रीय फुटवल गराईसकेकोक्लबले,यो वर्ष कोभीडको कारणले गर्दा क्लबमा सिमित भएको हो ।

नकआउटको आधारमा स्थानिय बसन्त ऋतु माविको खेल मैदानमा हुने फुटवल प्रतियोगिताको समापन असोज २७ गते हुने आयोजकले जानकारी दिएको छ ।

(Visited 6 times, 1 visits today)

HTML tutorial