मनकामनापोष्ट

Written by 5:36 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय समाचार

चाडपर्व नजिकएसँगै मिर्चैयामा बजार अनुगमन


रामनारायण ठाकुर
सिरहा,असोज १७ गते ।
मिर्चैया नगरपालिकाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ ।
अनुगमनको क्रममा बजारका पसलहरुमा व्यवसायीक दर्ता र पाना नं, मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ,उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायतको बारेमा व्यापारी–व्यवसायीसंग सोधपुछ गरिएको मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वेले बताए ।
व्यबससायीक प्रमाणपत्र र पाना नंम्बर नराखी संञ्चालित व्यवसायीलाई एक साता समय तोकेर अनुगमन समितिको तर्फबाट व्यवसायीलाई सुझाब सहित जानकारी गरिएको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित कुमार साहले बताए । मिर्चैया नगरपालिकामा संचालित किरण पसल, होटलहरु अन्य पसललाई अनुगमन क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख साहले जानकारी दिए ।
अनुगमन टोलीमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वे, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह,मिर्चैया उद्योग बाणिज्य संघ सचिव भरत महासेठ, मिर्चैया नगरपालिकाका प्रशासन शाखा प्रमुख जित कुमार साह,पशु सेवा कार्यालय मिर्चैयाका प्रमुख नागेश्बर हाथी,मिर्चैया नगरपालिकाका लेखापाल शेखर पराजुली,मिर्चैया नगरपालिका वडा नं.६का वडा सदस्य दिलिप कुमार साह,इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर)अवध किशोर ओझा,सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर)उत्तम सिल्वाल,मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतो, मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,कर्मचारीहरु, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

(Visited 114 times, 1 visits today)

HTML tutorial