सिरहा,असोज १७ गते । सिरहा जिल्लाको कल्याणपूर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको ‘सुज’ अभियान कार्याक्रम सुरु भएको हो ।
जनता समाजवादी पार्टी नेपाल कल्याणपूरले सुज अभियान सुरु गरेको छ । संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीतिअनुसार जनता समाजवादीले कल्याणपूर नगरपालिकामा ‘सुज’ अभियान सुरु गरेको जनता समाजवादी पार्टी नेपालका कल्याणपूर नगरपालिका नगर अध्यक्ष यूवा नेता प्रदिप साहले बताए ।
(Visited 38 times, 1 visits today)