मनकामनापोष्ट

०६ कार्तिक ०६, शनिबार

Written by 3:36 pm ताजा अपडेट, प्रदेश नं.२, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

आश्विन शुक्ल अष्टमीका दिनमा आस्थापूर्वक मनाइन,विशेष पुजा


सिरहा,असोज २७ गते । आश्विन शुक्ल अष्टमीका दिनमा आस्थापूर्वक मनाइने महाअष्टमी पर्व आज दशैंको रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने गरिन्छ ।

दसैँको आठौँ दिन आज दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि दिई पूजा आजा गर्ने गरिन्छ ।

आजका दिन विभिन्न शक्तिपीठहरुजस्तै सिरहाको लहान,बाला सुन्दरी भगवती, सप्तरीको छिन्नमस्ता, पर्साको गहवामाई, धनुषाको राजदेवीलगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।

अष्टमीको दिन पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आ–आफ्नो कूल देवतालाई परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गरेको छ ।

(Visited 4 times, 1 visits today)