मनकामनापोष्ट

Written by 7:36 am ताजा अपडेट, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीको मुर्ति विसर्जन (तस्बिर सहित )


कपिलवस्तु,असोज ३१ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीको मुर्ति सुरक्षाकर्मीको कडा सुरक्षाका साथ नदि, ताल र पोखरी मा मुर्ति विसर्जन गरिएको छ ।

दुर्गा माता , गणेश भगवान , लक्ष्मी माता , सर्वस्वाती माता र राक्षस लगायतको मुर्ति निर्माण गरेर नौ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरि जिल्ला को धेरै ठाउँमा मुर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा हिन्दु धर्मावलम्बीहरुले दुर्गा माता को बिशेश पुजापाठ , नौ दिन व्रत बसेर , र पुजापाठ गरेर हिन्दु धर्मावलम्बीहरु को महान चाड को रुपमा मनाउने परम्परा पहिले देखि चलि आएको पाइन्छ । कृष्णनगरमा स्थापना भएको मुर्ति आज बढ्या को पोखरी मा विसर्जन गरिएको छ ।

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष संजय गुप्ता, वृजेश गुप्ता, सुनिल मोदनवाल लगायत मुर्ति निर्माण समितिका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, धार्मिक आस्था राख्ने व्यक्तित्व, पत्रकार, तथा मुर्ति विसर्जनका क्रममा शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्यको उपस्थितमा शान्ति पूर्वक कृष्णनगरमा मुर्ति विसर्जन सम्पन्न भएको छ ।

(Visited 7 times, 1 visits today)

HTML tutorial