मनकामनापोष्ट

Written by 7:46 am अर्थ/वाणिज्य, ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

कलाकार नविन चौधरीको स्वास्थ्य अबस्था जटिल,सहयोग गर्न आग्रह


सिरहा,असोज ३१ गते । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एक कालाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका –९ लक्षणपट्टी बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी अहिले कलिलो उमेरमा जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामीको शिकार भएका छन् ।धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै उनलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ । कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको समस्या, सुगर लगायतका रोगबाट ग्रसित कलाकार चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रहेको पारिवारिक श्रोतबाट बुझिएको छ ।

बर्सौ देखि कहिले आइसीयु त कहिले भेन्टिलेटरमा राख्नु पर्ने भएकोले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भैसकेको कलाकार नवीन चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताए । कालाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली एल्वमहरुमा अभिनय गरिसकेका छन् । समाद एफ एम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको कलाकार चौधरीको सैया भ्याल जमैया , दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर , स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ( नायक) को रुपमा अभिनय गरिसकेका छन् ।

छोरोको उपचार गर्दा गर्दौ परिवारिक अवस्था अती दयनीय भऐकोले , सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी , समाजिक अभियन्ता, समाजसेवी , संघ संस्था , देश , विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् ।नविन चौधरीको आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता नः–२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन कलाकार चौधरीको परिवारले आग्रह गरेको छ ।

सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर ञकलाकार नबिन चौधरी बचाउ अभियानझ फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् ।
थप जानकारीको लागि चौधरीको आमा बिशवरी कुमारी चौधरीको मोवाईल नम्बरः– ९८११७४१३१४ ,श्रीमतिको मोवाईल नम्बर – ९८१४७२२१७७ र कलाकार नबिन चौधरी बचाउ अभियान सम्पर्क नम्बर ः–९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ । बुवा आमाको तीन सन्तान मध्ये जेठो सन्तानको रुपमा रहेको कालाकार चौधरीको करिब ४ बर्षिय एउटा छोरी छन् ।

(Visited 19 times, 1 visits today)

HTML tutorial