मनकामनापोष्ट

१८ मंसिर १८, शनिबार

Written by 4:25 pm ताजा अपडेट, प्रदेश नं.२, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, सुरक्षा/अपराध

तस्करीका मालसमान सशस्त्र प्रहरीले समाउदै, राजस्व अनुसन्धानले छोडिँदै



रंजित चौरसिया
पर्सा,कात्तिक ५ गते ।
सीमाबाट हुने तस्करीका मालसमान सहजै तरिकाले नेपालको विभिन्न ठाउहरूमा पुर्याउने गरेको एक घटनाले उजागर पारेको छ । सीमाबाट हुने गरेको तस्करीका मालसमान नेपालको विभिन्न ठाउहरूमा पुर्याउनको निम्ति राजस्व अनुसन्धान कार्यालयका पदाधिकारीहरू समेत रकममा लिप्त रहेको एक घटनाले उजागर पारेको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाको छत्र छायामै रहि ठुला वडा तस्करहरू समेत सलबलाउन थालेका छन । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बिहिवार राती करीब २ बजेको समयमा बिशेष सूचनाको अधारमा ट्रान्सपोर्टको गाडी नियन्त्रणमा लिएको थियो । तस्करीको मालसमान ओहोर दोहर ट्रान्सपोर्टकै माध्यमले हुने गरेको विशेष सूचनाको अधारमा पक्राउ गरिएपनी राजस्व अनुसन्धान कार्यालय पथलैयाको मिलोमतोमा छोडिएको श्रोतले जनाएको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयामा ठुला वडा तस्कर समुहको सेटिङ्ग हुने गरेको कारण नियन्त्रणमा राखी राखने अवस्था नदेखिएको कार्यालय श्रोतले नै जनाएका छन । सशस्त्र प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि पठाइएको ट्रक पूर्ण रूपले चेकजाच नै नगरी छोडिएको श्रोतले दाबी गरे ।
यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बिशेष सूचना आए पश्चात् नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि राजस्व अनुसन्धान पथलैयामा पठाइएपनी केही फेला नपरेको जानकारी आएको बताए ।
तर नेपालकै आर्थिक नगरी भनेर चिनिने बिरगंज क्षेत्रमा ४७ वटा ट्रान्सपोर्ट रहेको र केही ट्रान्सपोर्टको नाममा अबैध क्रियाकलापबाट मालसमान ओसार पोसार गरिरहेको ट्रान्सपोर्टमै रहेका कर्मचारीले दाबी गरेका छन । केही ट्रान्सपोर्टबाट राजस्वमा सेटिङ्ग भए पश्चात् अबैध तरिकाले आयात भएका मालसमान सजिलै ओहोर दोहर हुने गरेको बताइन्छ । उहाले त्यसता गतिविधिमा सन्लगन ट्रान्सपोर्टको नाम उल्लेख नगर्दै त्यस्ता ट्रान्सपोर्टको कारण सम्पूर्ण ट्रान्सपोर्ट बदनाम हुने गरेको बताए ।
यता राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नारायण मैनालीले आफू कार्यक्रममा गएको बेला कर्मचारीहरू चेकजाच गरेर ट्रक छाडेको प्रतिक्रिया दिएका छन । उनका अनुसार आफू कार्यक्रममै भएको बेला कर्मचारीहरू केही फेला नपरेको जानकारी दिएको कारण छोडन निर्देशन दिएको बताए । उनले आफ्नो तस्कर अथवा कुनै ट्रान्सपोर्ट सङ्ग कुनै किसिमको सहकार्य नरहेको ठोकुवा समेत गरे ।

(Visited 14 times, 1 visits today)