मनकामनापोष्ट

Written by 8:51 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन


सिरहा,कार्तिक ६ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको शनिबार बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए। स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो। त्यहाँबाट राती पुनः विराटनगर लगिएको थियो।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए। उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थिए। उनको एक पत्नी, दुई छोरा र एक छोरी छन्।

(Visited 1 times, 1 visits today)

HTML tutorial