मनकामनापोष्ट

Written by 4:26 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सर्लाहीमा सब स्टेशन सप्लाई मलंगवाबाट सुरु जिल्लामा विद्युतिय समस्या कम हुने


राजिव शाह
सर्लाही,कार्तिक ६ गते ।
नवलपुर सब स्टेशनको १३२–३३ केभीए लाइन सप्लाई आज सनिवारबाट संचालनमा आएको छ । मलंगवा वितरण केन्द्र उप– प्रबन्धक बिनोद कुमार यादवका अनुसार,मलंगवा वितरण केन्द्रबाट विधुत सप्लाई सुरु गरिएको जानकारी गराए । जिल्लामा लो भोल्टेजको समस्या, पट्क पट्क विद्युत काटिने समस्या नहुने वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेशन गरी सपलाई शुरु गरिएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२–३३ केभीए लाइनको लागि सब–स्टेशनको निर्माण गरिएको हो ।
जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सब–स्टेशन निर्माण कार्यलाई तीब्रता दिइएको हो ।
सब–स्टेशन निर्माण सम्पन्न भएपछि मलङ्गवाबाट विद्युत् सेवा प्रवाह सुरु भएको जिल्लामा विद्युत् अभावको समस्या समाधान उप–प्रबन्धक यादवले बताए । अहिले जिल्लामा व्यवस्थित सब–स्टेशन अभावले धनुषाको ढल्केवर र रौतहटको चपुरको सब–स्टेशनबाट विद्युत् आपूर्ति हुदै आएको थियो ।
जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै सब–स्टेशन निर्माण शुरु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवा उप–प्रबन्धक यादवले बताए ।

(Visited 18 times, 1 visits today)

HTML tutorial