मनकामनापोष्ट

Written by 6:11 am ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, सुरक्षा/अपराध

मोटर साइकल आजगानी गरेको आरोपमा मिर्चैयाका युवक पक्राउ



सिरहा,कात्तिक ८ गते ।
सिरहा प्रहरीले मोटरसाइकलमा आगजानी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका १० का निर्मल कुमार मण्डलको स. ४ प ४३३७ नम्वरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षिय दिपक साहलाई प्रहरीले आईतबार बेलुका पक्राउ गरेको हो ।
मण्डलले आफ्नै घर अगाडि रहेको सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत असोज २६ गते राति आगजानी भएको थियो । पक्राउ परेका साहले व्यक्तिगत रिसिविका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरी सामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
साहमाथि मण्डलले दिएको किटानी जाहेरीको आधारमा खोज तलास गर्दैजाँदा मिर्चैया ५ संस्थान चौकबाट तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको साहमाथि आजै साहमाथि अपराधिद उपद्रव गरेको कसूरमा म्याद थपगरी आवश्यक अनुसन्धान अगाडी बढाउने प्रहरीले बताएको छ ।

(Visited 80 times, 1 visits today)

HTML tutorial