मनकामनापोष्ट

Written by 6:20 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय, समाज

पूर्वमन्त्री यादव आफ्ना निर्वाचन क्षेत्रका गाउँहरूमा कार्यकर्ता भेटघाट र संगठन विस्तार गर्दै



सिरहा,कात्तिक ८ गते ।
जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता,पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादव यतिबेला आफ्नो निर्वाचन क्षेत्रसहित मधेशका जिल्लाहरुमा सक्रिय छन् ।
उनी सिरहासहित मधेशका जिल्लामा कार्यकर्ता भेटघाट, विकास निर्माणका कामको समिक्षा, पार्टीको संगठन विस्तार आदिमा सक्रिय देखिएका छन् । चाडपर्वकै बीचमा उनी जिल्ला दौडाहामा निक्लिएका हुन् ।
नेता यादव आफ्ना निर्वाचन क्षेत्रका गाउँहरूमा कार्यकर्ता भेटघाट गर्ने, विकास निर्माणका काम अवलोकन गर्ने तथा विकासका सम्भावनाका विषयहरुमा छलफलमा जुटिरहेका छन् ।


पार्टी प्रवेशलाई पनि उनले उत्तिकै प्राथमिकता दिएको देखिएको छ । जिल्लामा एक साता मात्रैको बसाईको क्रममा उनले विभिन्न पार्टीका तथा स्वतन्त्र तर स्थानीय स्तरमा पक्कड बनाएका नेताहरुलाई पार्टीमा भित्र्याएका छन् ।
नेता यादवको यो सक्रियताले आम जसपा कार्यकर्ता मात्रै नभई अन्य नागरिकले समेत सकारात्मक दृष्टिले हेरेका छन् । खासगरी मधेशवादी दलका नेतालाई मधेशको राजनीति काठमाडौँको बसाई भनेर टिप्पणी गरिँदै आएको छ ।
तर, उनी भने यसको विपरित प्रायः दौडाहामा हुन्छन् । मधेशमा नेता यादवलाई जनमत भएको नेताको रुपमा समेत हेर्नेगरिन्छ ।

(Visited 24 times, 1 visits today)

HTML tutorial