मनकामनापोष्ट

Written by 9:04 am ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय, समाज

नेपाली कांग्रेस पार्टीद्वारा बाढि पिडित लाई राहत वितरण



सन्तोष गुप्ता
सुनसरी, कार्तिक ८ गते ।
नेपाली कांग्रेस पार्टीले केही दिन अगाडीको अविरल वर्षाको कारणले आएको बाढीले प्रभावित भएका वराहक्षेत्र र रामधुनी नगरपालिकाका सर्वसाधारणलाई राहत सामाग्री उपलब्ध गराएको छ ।

शनिवार र आइतवार, दुवै नपाको २ सय १० परिवार लाई ४ लाख रुपैंया बराबरबको खाद्यान्न वितरण गरिएको हो । रामधुनीको वार्ड नं ४ र वराहक्षेत्रको ६ देखि ११ नंम्बर वार्डका बाढी प्रभावितहरु लाई,२० किलो चामल, दाल,आलु,चिउरा र नुन १,१ किलो, खानेतेल १ लीटर र चाउचाउ वितरण गरिएको, राहत वितरण कार्यक्रम संयोजक नेका क्षेत्रिय प्रतिनिधि भिम कटुवालले बताए ।

कटुवालको नेतृत्वमा सिन्धुली ,काठमामाण्डौ,पोखरा र चितवनका नेका कार्यकर्ताहरुले आपसमा चन्दा जम्मा गरि गरिएको राहत कार्यक्रममा नेका वराहक्षेत्र सभापति रमेश कार्की, जिल्ला सदस्य शंकर बस्नेत, राई संघ सुनसरी जिल्ला सभापति सन्त राई र तरुण दल सुनसरी सभापति रोहित सुब्बा लगायतको उपस्थिती रहेको थियो । आएको बेमौसमी निरन्तरको वर्षाले जिल्लाको सयौं हेक्टर धान वाली नष्ट गर्नुको साथै मानविय क्षति समेत गरेको थियो ।

(Visited 20 times, 1 visits today)

HTML tutorial