मनकामनापोष्ट

Written by 11:04 am ताजा अपडेट, फोटोफीचर/मल्टिमिडिया, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकारमा समपन्न


कृष्णनगर,कार्तिक ९ गते । मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथि हरूमा शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी, रहनुभयो ।
मानव बेचविखन तथा ओसार पसार के हो? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिम हरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममाको बारेमा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवा तथा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो । कार्यक्रममा व्यवस्थापनको भुमिका हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव ले गर्नुभयो िउक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार,सुरक्षाकर्मी, कर्मचारी लगायत अन्यको उपस्थित थियो किार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयो ।

(Visited 9 times, 1 visits today)

HTML tutorial