मनकामनापोष्ट

Written by 7:39 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सिरहामा माटोको ढिश्कोमा परी एक बालिकाको मृत्यु, ५ जना घाईते


सिरहा,कार्तिक १० गते । सिरहाको धनगढीमाई नगरपालिका जयपुरमा माटोको ढिश्कोमा परी एकको मृत्यु ६ जना घाईते भएको छ ।
दिपावली पर्व नजिकै गर्दा घर लेबपोत गर्नको लागी मोटो ल्याउनको लागी गाँउ भन्दा दुई सय मिटर पश्चिम गएको वेला ढिश्कोमा परी स्थानिय एक जना बालिकाको मृत्यु भएको छ ।

धनगढीमाई नपा वडा नं. ५ जयपुर वस्ने प्रकाश कामैतको वर्ष ११ की करिषमा कुमारी कामैत ढिश्कोमा परी मृत्यु भएकी हुन , उनी आमा ममता देबी कामैत संग विहान माटो लिन खेतमा गएको वेला ढिश्कोमा परी मृत्यु भएका हुन र आमा पनि घाईते भएका हुन ।

ढिश्कोमा परी स्थानिय महिन्द्र महतोको ७ वर्षीय छोरी सवित महतो राजकुमार यादबको ७ वर्षीय सविता यादब र सोही गाँउ वस्ने सिता कामैत र एक जनाको नाम थाहा नरहेको वडा अध्यक्ष राम जतन कामैतले बताए ।
धाईते मध्ये सोविताको र सविताको अवस्था गम्भिर रहेको उनीहरुको स्थानिय अस्पतालमा उपचार सम्भब नभएपछि उपचारको लागी बाहिर पठाएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

(Visited 51 times, 1 visits today)

HTML tutorial