मनकामनापोष्ट

Written by 9:35 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सिरहामा वृद्धको शव भेटियो,मृत्यु संस्कास्पद



सिरहा,कात्तिक ११ गते । चोहर्वा–सिरहा सहायक सडक अन्तर्गत नरहा गापा ५ बलुवा नजिक वृद्धको शव भेटिएको छ । टाउकोमा चोट लागेको र सरिरको विभिन्न भागमा रगत लतपतियको अवस्थामा छिमेकी विष्णुपुर गापा २ कौवाहाका करिव ७१ वर्षिय किसन यादवको शव रहेको प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारणभने खुल्न सकेको छैन । गाउँ घरमा धामी झाँकीको काम समेत गर्ने यादवको शव सडक नजीकै भएकाले दुर्घटना भएको जस्तो देखिएपनि मृत्यु संस्कास्पद रहेको नरहा गापा ५ का वडा अध्यक्ष हुकुमदेव यादवले बताए ।
राती करिव ८ बजे खाना खाएर विष्णुपुर बजारमा नाच हेर्न भनेर निस्केको यादवका आफन्तले बताएको छ । गाउँ बाट नाच हेर्न विष्णुपुर बजार आएका उनको शव विष्णुपुर बजार भन्दा धेरै पर फेला परेकोले मृत्यु संस्कास्पद भएको स्थानीयले बताए ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(Visited 33 times, 1 visits today)

HTML tutorial