मनकामनापोष्ट

Written by 5:50 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

शिक्षा क्षेत्रका समस्या समाधानगर्न मन्त्रालय लागिपरेको छ ः राज्यमन्त्री यादव


सिरहा,कात्तिक १२ गते । संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षा क्षेत्रमा देखिएको सवैखालका समस्या तत्काल समाधान गर्न सरकार लागी परेकोे बताएको छ ।
सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका ५ खरुकियाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज आयोजना गरेको सम्मान तथा शुभकामना आदन–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका मन्त्री यादवले सामुदायीक शिक्षामा सुधारको लागि सरकार लागिपरेको बताएको हो ।
विभिन्न विद्यालयमा कार्यरत राहत, अस्थायी, निजि स्रोत लगायतका शिक्षकहरुले बेला बखत आफू अन्यायमा परेको चर्को बिरोध गरिरहेकोले कार्यकाल भित्र यी समस्या समाधान गर्न आफ्नो तर्फबाट बिशेष पहल गर्ने प्रतिवद्धता जनाए । बालविकास केन्द्रमा अध्यापन गराउने सहयोगी कार्यकर्ताहरुको मासिक सेवा सुबिधामा एकरुपता नरहेकोले एकरुपता ल्याउन पनि आफू नितिगत पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता गरे ।
तराईका अधिकान्स सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी अभाव कायमै रहेको लगायतका विभिन्न समस्याहरु शिक्षा क्षेत्रमा देखिएकोले दरबन्दी मिलानका लागी पहल गरिरहेको मन्त्री यादवको भनाई छ ।
यस्तै बिशिस्ठ अतिथिको रुपमा कार्यक्रममा सहभागी प्रदेश नम्बर २ सरकारका आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबीकुमारी कर्णले अब आउने तिनै तहको चुनावमा नेकपा माओवादी केन्द्र ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।
जनताको हितमा काम गर्ने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र भएकोले अब जनताले अत्याधिक मत दिएर पार्टीलाई विजय गराउनेमा दुईमत नरहेको बताए ।
चुनावको मिति नजिक आउनै लाग्दा गाउँ गाउँमा खटन÷सकृय रहन नेता तथा कार्यकर्ताहरु लाई दुवै मन्त्रीले निर्देशन समेत दिए ।

(Visited 20 times, 1 visits today)

HTML tutorial