मनकामनापोष्ट

Written by 6:55 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, सुरक्षा/अपराध

अबैध रुपमा ओसार पोसार गरी ल्यादै गरेको लाखौ मुल्यको साल काठ पक्राउ


सिरहा,कार्तिक १५ गते । अबैध रुपमा ओसार पोसार गरी ल्यादै गरेको लाखौ मुल्यको साल काठ डिभिजन वन कार्यालय सिरहा,लहानले पक्राउ गरेका हुन ।अबैध रुपमा चुरे वन क्षेत्रबाट तस्करहरु तस्करी गरी ल्याउदै गरेको बिशेष सुराकको अधारमा डिभिजन वन कार्यालय लहानले पक्राउ गरेको छ ।

गोलजार नगरपालिका चौर्हवा स्थितबाट आज विहान सब डिभिजन वन कार्यालय चौर्हवा र डिभिजन वन कार्यालय लहानको संयुक्त टोलीले चौर्हवा मा.वि. देखी उत्तरबाट १३ थान साल चिरान र ४ थान साईकल र मैनावती पुल नजिकबाट ५ थान साल काठ चिरान (फेन्टा)गरी जम्मा २० थान काठ चिरान पक्राउ गरेको छ । साईलकलमा लोड गरी ल्याउदै गरेको अबस्थामा वन कर्मचारीहरुलाई देखेपछि तस्कर काठ र साईकल छाडी फरार भएको डिभिजन वन कार्यालय लहान सिरहाका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताए ।

दासका अुनसार सिरहा जिल्लामा साल काठ नहुदाँ छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी गरी ल्याउदै गरेको सुचनाको अधारमा हामी पक्राउ गरेको बताए ।

पक्राउ परेका काठ अहिलेको बजार भाउ अनुसार एक लाख भन्दा माथी मोलबरारको रहेको छ । पक्राउ परेका काठ उपर आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत दासले बताए ।

(Visited 5 times, 1 visits today)

HTML tutorial