मनकामनापोष्ट

Written by 11:07 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

तलवभत्ता नपाएपछि कल्याणपुरका शिक्षक विद्यालय बन्दगरेर धर्नामा


सिरहा,कात्तिक १५ गते । तलव भत्ता नभएको भन्दै कल्याणपुर नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक कर्मचारी धर्नामा बसेका छन् । पछिल्लो साउन देखि अहिलेसम्म तलवभत्ता नपाएको भन्दै विद्यालय बन्द गरेर शिक्षक कर्मचारीहरु नगरपालिका कार्यालय अगाडी धर्नामा बसेका हुन् ।
शिक्षक कर्मचारीहरुले दशैंजस्तो चाँडमा पनि तलवभत्ता नपाएको र आउन लागेको दिपावली र छैठको मुखमा पनि काम गरेको दलव भत्ता पाउने सङ्केत नदेखेपछि आफूहरु धर्नामा बस्न बाध्य भएको बताए ।
कल्याण नपा ३ इरारीर्साही आधारभुत विद्यालयका प्रधानाध्यापक रामकृपाल मण्डलले साउन देखि अहिलेसम्म तलवभत्ता नाएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको जनाए । उनलेभने, ‘खानलाई नै काम गर्ने हो, खाली पेट काम गर्न सकिन्न त्यसैले बाध्यभएर विद्यालय बन्दगरेर धर्नामा बसेका हौं ।’
रामदुलारी माध्यमिक विद्यालयका प्रधानाध्यापक लालदेव साहले पनि आफूहरु बाध्य भएर विद्यालय बन्दगरे धर्नामा बसेको प्रतिकृया दिए । उनले भने, ‘काम गरेको तलव भत्ता नै नपाएपछि भोको पेट काम गर्न सकिन्न, अव तलव भत्ता आएसम्म हामी धर्नामै बस्छौं ।’
अहिलेसम्म नगरसभा नभएकाले दशैंमा समेत कुनै कर्मचारीले तलव खान नभएको निमित्त प्रशासकिय अधिकृत जय प्रसाद दासले जानकारी दिए । उनलेभने, ‘मैले दशैंमा समेत तलव भत्ता खुवाने कोसिस गरे तर सम्भव हुन सकेन, आजसम्म नगरसभा भएको छैन, नगरसभा नभएपछि अख्तियारी पनि नआउने भएकोले तत्काल तलव खुवाने विषयमा केही भन्न सकिन्न ।’ यस नगरपालिकाभित्र २९ वटा सामुदायीक विद्यालयहरु रहेका छन् ।
नगपालिकाका जनप्रतिनिधीहरुविचको विवादका कारण आजसम्म कल्याणपुर नगरपालिकाको नगरसभा हुन सकेको छैन । यस विषयमा नगरपालिकाका कार्यबाहक मेयर रोहिनी यादवसँग सम्पर्कगर्दा उनले कुनै प्रतिकृया दिनएनन् ।
यस नगरका मेयर सूर्यनाथ मण्डल आर्थिक अवचलनका मुद्दामा अख्तियारको निलम्वनमा परेकाले उपमेयरले कार्यबाह चलाई रहका छन् ।

(Visited 20 times, 1 visits today)

HTML tutorial