मनकामनापोष्ट

Written by 5:52 am ताजा अपडेट, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

माइती नेपाल द्वारा मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण कार्यक्रम कृष्णनगरमा समपन्न


कपिलवस्तु,कार्तिक १६ गते । मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो माइती नेपाल , सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथि हरूमा कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खां, १२ नं वडाध्यक्ष छेदी प्रसाद यादव, वडा नं ७ का वडाध्यक्ष राज किशोर यादव, वडा नं ११ वडाध्यक्ष फग्गू मुराउ, वडा नं १ वडाध्यक्ष तुंग नाथ चौधरी रहनुभयो ।

मानव बेचविखन तथा ओसार पसार के हो? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिम हरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू , तथ्यांकको परिभाषा, तथ्यांकका विविध आयामहरू, तथ्यांकको महत्व, लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममाको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र माइती नेपालका कार्यक्रम अधिकृत श्रृष्टि गुरागाई तथा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो । कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो ।
कार्यक्रम कार्तिक १४ गते १–६ वडाको र आज ६– १२ वडाका सहभागी हरूमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, वडाध्यक्षहरु, वडा सचिवहरू,पत्रकार, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी मानव बेचविखन नियन्त्रण वडा स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो किार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial