मनकामनापोष्ट

Written by 6:04 am ताजा अपडेट, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सार्कका महासचिव इसाला रुवाल विराकुनले गरे लुम्बिनीमा कठिन चिवर दान



रुपन्देही,कार्तिक १६ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका महासचिव इसाला रुवाल विराकुनले आज लुम्बिनीमा कठिन चिवर दान गरेका छन् ।

बौद्ध परम्परा अनुसार भिक्षुहरु तीन महिना वर्षवासमा बसेर निस्किएपछि गरिने पवित्र ‘कथिन’ उत्सव अन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको विशेष धार्मिक समारोहबीच उनले भिक्षु संघलाई कठिन चिवर दान गरेका हुन् ।

सार्कका महासचिव विराकुनको सहयोगमा लुम्बिनीस्थित राजकीय बुद्ध बिहारले संयोजन गरेको कथिन उत्सवमा नेपालका विभिन्न जिल्लासहित विदेशी मुलुकका बौद्ध उपासक उपासिकाको सहभागिता रहेको थियो ।

तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि लुम्बिनीमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महिना वर्षाबासमा बसेका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका २४ जना भिक्षु, गुरुआमालाई बौद्ध परम्परा अनुसार कथिन चिबर दान र अष्टपरिष्कार दान गरिएको थियो ।

कथिन उत्सव समारोहमा बोल्दै सार्कका महासचिव विराकुनले बुद्ध भूमिमा आएर कठिन चिवर दान गर्न पाउँदा खुशी लागेको बताए । उनले लुम्बिनीको विकास र बुद्ध दर्शनको प्रचार प्रसारका लागि आफ्नो सदैव सहयोग रहने प्रतिवद्धता जनाए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालमा बुद्ध धर्मको विकासमा श्रीलंका र म्यान्माको ठूलो योगदान रहेको बताउँदै यसलाई अझै प्रचार प्रसार गर्न आवश्यक रहेकोमा जोड दिए ।

राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले कथिन चिवर दानको महत्व’दयगत जानकारी गराउँदै दाताको सहयोगबाटै भिक्षुको जीवन चल्ने बताए ।

उत्सवमा सार्कका महासचिव विराकुनलाई सम्मान गरिएको थियो । यस्तै बुद्ध धर्म र दर्शनको प्रचारमा योगदान पु¥याएको भन्दै लुम्बिनीको धर्मस्वामी महाराज बुद्ध बिहारलाई पनि सम्मान गरिएको छ । यस्तै लुम्बिनीको शान्ति सुरक्षामा विशेष उल्लेखनीय योगदान पु¥याएको भन्दै सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीलाई सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक गिरी १ चैत २०७३ देखि ८ कात्तिक २०७४ सम्म सशस्त्र प्रहरी बेस लुम्बिनीको प्रमुख थिए ।

विभिन्न क्षेत्रमा योगदान पु¥याउने सशस्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, राधिका न्यौपाने, राधेश्याम गुप्तालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमअघि लुम्बिनीको थाई मन्दिरबाट बृहत् झाँकीसहितको शोभा यात्रा निकालिएको थियो । कथिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षुसङ्घबाट परीत्राण पाठ तथा बुद्ध पूजा सम्पन्न गरिएको बौद्ध महिला समितिकी सचिव कल्पना हरिजनले जानकारी दिइन् ।

(Visited 2 times, 1 visits today)

HTML tutorial