मनकामनापोष्ट

Written by 5:00 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सप्तरीको छिन्नमस्ता गापामा तलव माग्दै गाउँपालिका अगाडि प्रदर्शन



शुभ नारायण यादव
सप्तरी,कार्तिक १७ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका झण्डै २ सय बढी कर्मचारीहरु तलव माग्दै गाउँपालिकाका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । गाउँपालिका अन्तर्गत रहेका विद्यालयका शिक्षक, स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, कृषि, पशु सेवालगायतका कर्मचारीहरुले गाउँपालिकाका केन्द्र रहेको छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गर्नुका साथै कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आन्दोलनरत कर्मचारीहरुमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरु समेत रहेका छन् ।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई अषाढ यता तलव भुक्तानी गरिएको छैन भने अन्य कर्मचारीहरु भने पछिल्लो सात महिनादेखि तलवविहीन रहेका छन् । गाउँपालिका कार्यालयमा करारमा कार्यरत रहेका मध्यै ७ जना कर्मचारीहरु त झण्डै डेढ वर्षदेखि तलवकै लागि संघर्ष गरिराखेका छन् ।
जनप्रतिनिधिहरु बीच आपसी तालमेलको अभावका कारण पछिल्लो दुई वर्ष यता छिन्नमस्ता गाउँपालिकाले आफ्नो गाउँ सभा समेत गर्न भ्याएको छैन् । यता केन्द्रले प्रमुख प्रशासकीय अधिकृतलगायत आवश्यक कर्मचारी नपठाएका कारण पनि गाउँपालिका लथालिङ्ग अवस्थामा पुगेको स्थानीयहरुको भनाई छ ।

(Visited 2 times, 1 visits today)

HTML tutorial