मनकामनापोष्ट

Written by 5:04 am ताजा अपडेट, बागमती प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

आज काग र कुकुर तिहार


काठमाडौं,कात्तिक १७ गते । कार्तिक कृष्णपक्ष त्रयोदशी तिथि । तद्अनुसार नोभेम्बर महिनाको ३ तारिक बुधबार । काग र कुकुर तिहार आज । आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ ।

काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई हामीले बर्षमा एकदिन भएपनि पूजा गर्ने गरिन्छ । सबै पक्षीमध्ये चेष्टा राख्ने भनेको काग हो । त्यसैले भनिन्छ, विद्यार्थीमा पनि कागको जस्तो अध्ययन गर्ने चेष्टा हुनुपर्छ ।

गृह अर्थात् घरको सुरक्षा र रक्षा गर्ने कुकुर हो । त्यसैले सहरमा अहिले कुकुर पाल्ने चलन बढेको छ । कुुकुर पनि यमराजको भक्त हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । अपराधको अनुसन्धान र अध्ययन अनुसन्धानको काममा पनि कुकुरको प्रयोग गरिन्छ । गृह र देशको रक्षाका काममा कुकुरको आवश्यकता बढ्दो छ । त्यसैले हरेक वर्ष एकदिन भए पनि कुकुरको पूजा गर्ने गरिन्छ ।

यसपटक काग र कुकुरको पूजा एकैदिन परेको छ । तिथिका कारणले यस्तो हुन गएको हो । बिहीबार लक्ष्मीपूजा अर्थात तिहारको मुख्य दिन भएकाले आजदेखि सबैले आफ्नो घर सफा गर्ने, घरभित्र रहेको मन्दिरका सजावट गर्ने र घरमा दिपमालिका गर्ने गरिन्छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial