मनकामनापोष्ट

Written by 5:06 am ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

ताप्लेजुङमा देउसी भैलो रातको १० बजे सम्म मात्र खेल्न पाइने,विष्पोटक पदार्थको बिक्री बितरणमा रोक



ताप्लेजुङ,कार्तिक १७ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यसवर्षको तिहारमा देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सूरक्षाका सम्पूर्ण मापदण्डलाई पूर्ण रुपमा कार्यान्वयन गर्न समेत आग्रह गरेको हो । होहल्ला गर्ने, भेला ,जम्मा हुने पर्व भएकोले यस्ता क्रियाकलाप पनि नगर्न अनुरोध गर्दै भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्पोटक पदार्थको उत्पादन, आयात÷निर्यात, विक्रि वितरण, ओसारपोसार गरेको पाईए प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial