मनकामनापोष्ट

Written by 5:15 am अन्तर्राष्ट्रिय, खेलकुद

पाकिस्तान आईसीसी टी–ट्वान्टीको सेमिफाइनलमा



काठमाडौं,कात्तिक १७ गते । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर–१२ को समूह–२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

जितका लागि १९० रनको लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० रनको योगदान दिए ।

ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५ रनको योगदान गरे ।

पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए ।

यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ७० रनको योगदान दिए ।

समूह–२ मा पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।

समूह–१ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश पुछारमा छ ।

(Visited 2 times, 1 visits today)

HTML tutorial