मनकामनापोष्ट

Written by 6:50 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

ट्याक्टरबाट झरेर एक बालकको मृत्यु



सिरहा,कात्तिक १७ गते । सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको छ । गोबजार नपा ८ मैनाबत्ति खोलाबाट बालुबोकेर आईरहेका स. १ त ७९५ नम्वरको ट्याक्टरबाट लडेर वडा नम्वर ४ का नशिवलाल सदायको छोरा ११ वर्षिय निशान्त सदायको मृत्यु भएको हो ।
ट्याक्टरबाट लड्र गम्भिर भएका सदायको उपचारको लागि लहान लानेक्रममा बाटोमै मृत्युभएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।
ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालमा राखिएको छ ।

(Visited 9 times, 1 visits today)

HTML tutorial