मनकामनापोष्ट

Written by 10:40 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सर्लाहीको औरहीमा करेन्ट लागेर एक युवकको मृत्यु


राजिव शाह
सर्लाही ।
सर्लाहीको औरहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर–८ औरहीका एकवाल सहनी (मुडियाडी)को छोरा करिब २१ वर्षिय अकलेस रहेको स्थानिय किसन साहले जानकारी दिए । । सहनी बिहीवार दिपावलीका दिन पोलमा बल्ब (बति)
जोडने क्रममा ११ हजार वाट को बिधुतिय तारमा छोएर गम्भीर घाइते भएको थिए । घाइते सहनीलाई उपचारको लागि सर्लाही अस्पताल मलंगवा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

(Visited 4 times, 1 visits today)

HTML tutorial