मनकामनापोष्ट

Written by 10:46 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

मुसहर समुदायका किशोरिहरुलाइ प्रमाणपत्र वितरण


शुभ नारायण यादव
सप्तरी,कार्तिक २१ गते ।
सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गोरगमा रन्जितपुरमा अनोपचारिक शिक्षा कार्यक्रममा सहभागी मुसहर समुदायका किशोरिहरुलाइ एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरेका छन । युकेएड र Street Child of Nepal को आर्थिक सहयोगमा सन्चालित मार्टिना लाइन्ड नोभारे परियोजना अन्तरगत अनोपचारिक शिक्षा कार्यक्रम ,जीवन उपयोगि शिक्षा र जीवन उपयोगि सीप अन्तरगत बिष्णुपुर गाउपालिका वडा न.६ गोरगमा रन्जितपुरका मुसहर समुदायका किशोरिहरुलाइ सो प्रमाणपत्र वितरण गरेका हुन । अनोपचारिक शिक्षा केन्द्रकि अध्यक्ष शिव कुमारि सदाको अध्यक्षतामा तथा वडाअध्यक्ष बहादुर सदाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा बिष्णुपुर गाउपालिकाका शिक्षा शाखा सन्योजक नामेन्द नाथ यादव ,वडा सदस्य गिता सदा ,राम कुमार राय ,आसमान नेपालकिMNM कार्यक्रमकि सामुदायिक शिक्षक शान्ता कुमारि सिह ,साहाश नेपालकि कविता सेन्चुरि ,अनुप माझी ,लगायतकाहरुले पछिल्लोपटक उक्त कार्यक्रमले गर्दा सामुदायिकमा पछाडि पारिएका मुसहर सामुदायिककि किशोरिहरुको शिक्षामा पहुच हुन थालेकोमा सस्थालाइ धन्यवाद ब्यक्त गरेका छन । मावि गोरगमा रन्जितपुरको विघालयमा आयोजित सो कार्यक्रममा अनोपचारिक शिक्षा कार्यक्रममा सहभागी २८ जना मुसहर समुदायका किशोरिहरुलाइ प्रमाणपत्र वितरण गरेको सामुदायिक शिक्षक शान्ता कुमारि सिहले जानकारी दिनुभयो ।

(Visited 7 times, 1 visits today)

HTML tutorial