मनकामनापोष्ट

Written by 11:08 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

मिर्चैयामा जुवा खेलाउने खुशवु होटल एण्ड पार्टी प्यालेसका सञ्चालक पक्राउ


सिरहा,कात्तिक २० गते । मिर्चैयामा जुवा खेलाउने खुशवु होटल एण्ड पार्टी प्यालेसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोकस्थित खुशवु होटल एण्ड पार्टी प्यालेसमा जुवा खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले होटलमा छापा हानेको छ ।

प्रहरी टोलीले छापा हान्ने क्रममा पटक पटक होटलवालालाई च्यानल गेट खोल्नको लागी अनुरोध गर्दा प्रहरीलाई नै अपशव्द प्रयोग गरी होटलको गेट खोल्न अटेरी गरी जुवाडेहरुलाई भाग्ने भगाउने कार्य गरेको अवस्थामा सिरहा मिर्चैया नगरपालिका ५ बस्ने गंगा साहका छोरा २६ वर्षीय सरोज कुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताएका हुन् ।

प्रहरी टोलीले छापा हान्ने क्रममै जुवा खेलिरहेका जुवेडीहरु फरार भएको अवस्थामा जुवाको खालवाट जुवाडेहरुका ६ थान मोटरसाईकलहरु समेत प्रहरी नियन्त्रणमा रहेको छ भने थप अनुसंन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

(Visited 173 times, 1 visits today)

HTML tutorial