मनकामनापोष्ट

Written by 6:06 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

विशेष गरेर तराई मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्व आज सोमबारदेखि विधिवत् रूपमा सुरू



सिरहा,कात्तिक २२ गते । विशेष गरेर तराई मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्व आज सोमबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ ।

यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो नखाई व्रत वस्ने गर्दछ । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।
छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई) को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरियो भने छठ पूजाको फल पाइने जनविश्वास रही आएको छ ।
यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि देशको पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । यो पर्व भारतमासमेत धुमधामका साथ मनाइन्छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।
परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको पाइन्छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।
कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्वको व्रत समापन गरिन्छ ।
छठको विशोष अवसर पारेर तराइका पोखरी, तलाउ, नदीनालाहरु सफाई गरीको छ । कतिपय पोखरी तलाउहरु दुलही सिङ्गारे झै सिङ्गार्ने कार्य सुरु भएको छ ।

(Visited 8 times, 1 visits today)

HTML tutorial