मनकामनापोष्ट

Written by 5:45 am ताजा अपडेट, धर्म/संस्कृति, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

पर्साको मधुबनी छठघाट निर्माण कार्य सुरु



पर्सा,कात्तिक २३ गते ।
तिहार सकिएसँगै पर्सा जिल्ला लगायत देशको विभिन्न ठाउँमा छठको तयारी शुरु भएको छ । पकाहामैनपुर गाउँपालिका स्थित मधुबनीको पोखरी किनारमा आकर्षकरूपमा छठघाट निर्माण शुरु भएको छ ।
मधुबनी छठघाट देखि मधुबनी गाउँसम्म आकर्षकरूपमा झालार बत्ती लगाई सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस गाउँपालिकामा १५ वटा छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । यस गाउँपालिकामा सफाइ , माटो सम्याउने लगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारी स्वरूप आज सोमबारको दिन मधुबनी छठघाटमा सफाइ गरिएको थियो ।
मधुबनी छठघाटमा पूजाका लागि मधुबनी गाउँबासीहरु मिली गाउँबाट चन्दा उठाएर पूजा गर्ने लागिएको मधुबनी बासीहरुले बताएका छन् । गत वर्ष कोरोनाका कारण छठ पूजा बढी धूमधामले गरिएको थिएन भने यस पालि अलि स्तिथि साम्य भएपछि धूमधामका साथ छठ पूजा गर्ने लागिएको छ।

(Visited 2 times, 1 visits today)

HTML tutorial