मनकामनापोष्ट

Written by 7:10 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, समाज

मन्त्री साहद्वारा छठका ब्रतालुहरुलाई साडी तथा सामग्री वितरण



शुभ नारायण यादव
सप्तरी,कात्तिक २३ गते ।
हिन्दुहरुको महान पर्व छठको अवसरमा प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले छठका ब्रतालुहरुलाई पर्वका लागि साडी तथा सामग्री वितरण गरेका छन।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १० का छठ ब्रतालुहरुलाई साडी तथा सामग्री किनमेल गर्न रकम वितरण गरेका हुन।स्थानीय रामलखन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता देवेन्द्र झा,जसपा क्षेत्रिय अध्यक्ष रामचन्द्र साह, जसपा प्रदेश समिति सदस्य दिनेश यादव लगायतका उपस्थित रहेको थियो । सो अवसरमा मन्त्री साहले एक सय दश जना ब्रतालु महिलाहरुलाई उक्त सामग्री वितरण गरेका हुन।

(Visited 39 times, 1 visits today)

HTML tutorial