मनकामनापोष्ट

Written by 10:43 am ताजा अपडेट, धर्म/संस्कृति, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सप्तरी सहित मिथिलान्चलमा छठ पर्वको तेश्रो दिन खरना मनाइँदै



शुभ नारायण यादव
सप्तरी,कात्तिक २३ गते ।
हर्सोल्लासपूर्वक साथ मनाईने छठ पर्वको तेश्रो दिन आज मंगलबार खरना मनाइँदै छ ।आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।
दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाका साथ खीर बनाएर आफु ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् ।
परिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाईने यस वर्षको छठपर्वको पहिलो दिन आइतबार ब्रतालुहरुले माछामरुवा तथा तामसी भोजन खाएको थिएन ।
सोमबार नुहाएर अरबा अरबाईन एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा सुरु भएको हो । यधपि छठको विधि भने आइतबारदेखि नै सुरु भएको हो ।
भोली बुधबार साझँ छठ पर्वको मुख्य दिन रहेको छ । भोली छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यको अर्घ दिइन्छ ।
पाँच दिनसम्म मुख्य विधि गरि मनाईने छठ पर्वको पहिलो दिन माछमरुवा नखाने , दोश्रोदिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, तेश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, चौथो दिन अस्ताउँदो सूर्य र पाचौ दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुनेछ ।
छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ । छठ पर्व पाँच दिन मनाइए पनि माछा मरुवा नखाने दिनलाई मुख्य विधि नमान्दा चार दिन मात्र छठ पर्व मनाउने गरेको प्रचलन छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

(Visited 11 times, 1 visits today)

HTML tutorial