मनकामनापोष्ट

Written by 9:24 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय

लोकतन्त्र,गणतन्त्र आएपनि समाजमा अझैे बाबुसाहेबहरुको राज्य कायमे ःडा.सि.के राउत



शुभ नारायण यादव
सप्तरी,कात्तिक २६ गते ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुख्य्रौली राज्य कायमै रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजा स्थित आज आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजा,राणा,पञ्चायत,प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा अझैे बाबुसाहेबहरुको राज्य कायम नै रहेको बताए ।
‘उक्त समस्याहरुलाई उन्मुलन गर्ने नै जनमत पार्टीको प्रमुख लक्ष्य रहेको बताउदै’ प्रमुख अतिथि डा. राउतले भने– ‘जनताका अनुसार चल्ने नै पार्टीको मुख्य धारणा रहेको छ ।’
साइकल चढने क्षमता नरहेको नेता अहिले महंगो गाडी चढनुकासाथै विभिन्न ठाउँमा घर बनाएको छ, तर जनता विना चपलले हिड्न बाध्य रहेको उनको भनाई थियो ।
बहुरुपीयाहरुले पटक पटक पार्टीको नाम बदलेर समाजमा राज्य गरी हामी माथी शोषण गर्दै आएको बताए । ‘चुनावमा हामीले सजिलै तरीकाले प्रलोभनमा परी मत बेच्दै आएको बताउदै’ डा. राउतले ‘बालबालिकाको भविष्य नबेच्न आग्रह गर्दै लाउडस्पीकर (हार्न) छापमा मतदान गरी जनता राज स्थापना गर्नुपर्ने बताए ।’ कार्यक्रममा विशिष्ट अतिथि पार्टीका केन्द्रिय उपाध्यक्ष बबिता ईसर, उपमहाचिव ई. ईन्द्रिजित यादवलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेको थियो ।
बोदे बर्साईन नगर कमिटी कार्यबाहक अध्यक्ष सुकदेव साहको अध्यक्षतामा कार्यक्रम भयो ।
उक्त विशाल आमसभालाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय संयोजक डा सि.के राउत मधेसमा बेरोजगारीले विकराल रूप लिएको बताउदैँ सर्वसाधारण अरब लगायत अन्य मुलुक जान बाध्य रहेको बेरोजगारी समस्या हल गर्न हालको कुनै राजनीति दलमा भिजन नरहेको भन्दै जनमत पार्टीको प्रमुख मुद्दा रोजगारी सृजना गर्ने रहेको बताए छन् ।

(Visited 7 times, 1 visits today)

HTML tutorial