झापा,कात्तिक २७ गते । दमक क्लिन पार्क सङ्घर्ष समितिको आयोजनामा दमकमा रहेका राजनितिक दल सहित झापा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी सांसद महिन्द्र कुमारी लिम्बुको अगुवाइमा आज १०.३० वजे झापाका प्रमुख जिल्ला अधिकारीलाई क्लिन पार्कको तर्फबाट एक ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्र बुझाउन सांसदको साथ सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई, सदस्य देवि दाहाल ( नेपाली कांग्रेस) सदस्य महेश घिमिरे( ने क पा समाजवादी) भानु भट्टराई,रोम भण्डारी लगायत १० जनाको टोलीले सिडिओलाई भेटी पार्सकबारे सम्पूर्ण कुरा अवगत गराएका थिए । झापा जिल्ला प्रशासन कार्यालयले मुआब्जाको बारेमा गरेको निर्णय बदर गर्न नसक्ने र बदर गर्त्यनुपर्सने भए क्याबिनेट र अदालतमा जान सिडिओले सुझाब दिनु भयो। अदालत र क्याबिनेटले मात्र फेर बदल वा पुनर मूल्याङ्कन गर्न सक्ने भएको हुँदा सङ्घर्ष समितिले सर्वोच्च अदालतमा पीडितलाई नै खुद हाजिर गराई मुद्धा दर्ता गराउनु पर्ने हुन्छ। त्यसको लागि डेलिगेसन गएको बेला नै पीडित लाई पनि लगी सर्वोच्चमा रिट मुद्धा दायर गर्ने निर्णय भएको छ। यसको लागि पीडित लान,बस्न,खान, र निवेदन (मुद्धा) दर्ता गर्न केही थप खर्च लाग्ने देखिन्छ ।
दमक क्लिन पार्क सङ्घर्ष समितिले झापाका प्रजिअलाई बुझाए ज्ञापन पत्र

(Visited 11 times, 1 visits today)