मनकामनापोष्ट

Written by 11:44 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सुनसरी २ का लागि देवानगंज निर्णयक ः सभापतिमा श्यामलाल र महाधिवेशन प्रतिनिधिमा बीरेन्द्रको चर्चा


जुगेश दास
सुनसरी,कात्तिक २८ गते ।
नेपाली कांग्रेसको दोस्रो चरणको अधिवेशनहरु नजिकिएसँगै प्रदेश १ स्थित सुनसरीमा चुनावी अभियानले तिब्रता लिएको छ ।

संघीय क्षेत्र २ अन्तरगत इटहरीसम्मका ३० ओटा वडा र प्रदेशसभा क्षेत्र २ को (ख) अन्तरगत रामधुनीसम्मका १८ ओटा वडा मध्ये देवानगंज सबैभन्दा निर्णय क्षेत्र बन्ने देखिएको छ ।

यस पालिकाबाट ३ जना चर्चित ब्यक्तिहरु मुख्य उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रेका छन् ।
देवानगंजबाट श्यामलाल मेहताले प्रदेशसभा क्षेत्र २ को (ख) को सभापति पदमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै यहाँबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारका रूपमा वीरेन्द्रकुमार मेहता (केएम) र लालीप्रसाद मेहताले पनि उम्मेदवारी दिएका छन् ।

त्यसैगरी देवानगंजबाटै रफुल अंसारी (मुस्लिम कोटा), कुन्तीदेवी यादव (महिला कोटा), बिभा यादव (महिला कोटा) लगायतका उम्मेदवारहरु पनि उम्मेदवारी दिने बताईएको छ ।

सुनसरी क्षेत्र नम्बर २ मा यसपाली पहिलोपटक दक्षिणीभेगले निर्वाचित कार्याकारी पद सहित विभिन्न महत्वपूर्ण जिम्मेवारीहरु पाउन लागेका हुन् । विभिन्न उम्मेदवारहरु मध्ये श्यामलाल र बिरेन्द्रको बढी चर्चा देखिएको छ ।

तत्कालीन स्थानीय निर्वाचनको पालिका अध्यक्ष प्रत्यासी र हाल क्षेत्रीय सभापति समेत रहेका श्यामलाल मेहताको रामधुनीसम्म एकदमै पकड देखिएकाले उनि सबैभन्दा भारी उम्मेदवार हुन् । भने पछिल्लोपटक उनि साझा उम्मेदवार पनि बन्न पुगेका छन् ।

इनरुवाका चिरञ्जीवी बस्नेत र इनरुवा अन्तरगतकै बबियाका श्यामदेव मेहताले यसअघि श्यामलालको विरुद्धमा उम्मेदवारी दिने घोषणा गरिएपनि पार्टी भित्रको कुनैपनि लाइन–लविले बस्नेत र श्यामदेवलाई आफ्नो आधिकारिक उम्मेदवार नबनाएपछि श्यामलाल साझा उम्मेदवार बन्न पुगेका हुन् ।

त्यसैगरी पत्रकारिताबाट राजनीतिमा आएका अन्तराष्ट्रिय स्तरका स्थापित कुटनैतिक पत्रकार वीरेन्द्रकुमार मेहता (केएम) ले प्रतिनिधिसभा क्षेत्रका महाधिवेशन प्रतिनिधिकामा उम्मेदवारी दिएपछि दक्षिणीक्षेत्र तरङ्गगित बनेका छन् । उनि फ्रेस अनुहार भएका कारण एकमुष्ट मत पाउने अनुमान गरिएको छ ।

त्यसैगरी हाल देवानगंज गाउँपालिका अध्यक्ष समेत रहेका लालीप्रसाद मेहता पनि चुनावी मैदानमा छन् ।

देवानगंजदेखि इटहरीसम्म गरी पुरै क्षेत्रभरी ८८० क्षेत्रीय प्रतिनिधिहरु रहेका यस क्षेत्रको दक्षिणीभेगमा साढे ४ सय क्षेत्रीय प्रतिनिधिहरु रहेका छन् । भने देवानगंजमा मात्रै १७९ जना क्षेत्रीय प्रतिनिधि (मतदाता) रहेका छन् ।

राजमार्ग उत्तरलाई उत्तरी क्षेत्र र राजमार्ग दक्षिणलाई दक्षिणीक्षेत्र भनिन्छ । २४ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिका लागि पुरै क्षेत्रभरबाट १०० बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । त्यसकारण मत बाडिने अडकलवाजी गरिएको छ ।

जम्मा ३० ओटा वडा यस क्षेत्रमा पर्दछ भने ८८० जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन् । यस क्षेत्रमा कोइराला लाईन भारी मज्बुत छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र अन्तरगत देवानगंज सुनसरी २ को (२) मा पर्दछ । यस क्षेत्रमा विभिन्न पालिकाहरुको गरी जम्मा १८ ओटा वडामा कांग्रेसका ५७० जना क्षेत्रीय प्रतिनिधिहरु छन् । बबिया, गौतमपुर र देवानगंजमा गरि मात्र साढे ३ सय मत रहेका छन् ।

(Visited 1 times, 1 visits today)

HTML tutorial