मनकामनापोष्ट

Written by 10:44 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय समाचार

खुल्ला तर्फ १० जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा देवानगंजबाट बिरेन्द्रको पल्ला भारी



जुगेश दास
सुनसरी,कात्तिक २९ गते ।
नेपाली कांग्रेसको जारी अधिवेशनमा प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ बाट चुनिने खुल्ला तर्फका १० महाधिवेशन प्रतिनिधिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

संघीय क्षेत्र २ अन्तरगत देवानगंज, गौतमपुर, इनरुवा, रामधुनी र इटहरीका गरि जम्मा ३० ओटा वडाहरु रहेका छन् ।

जसमध्ये देवानगंज सबैभन्दा निर्णयक क्षेत्र पालिका बन्ने देखिएको छ । यस पालिकाका ७ र हरिनगरको वडा नम्बर ३ गौतमपुरमा गरी यस क्षेत्रमा २०० मत रहेको छ । भने ८० प्रतिशत मतमा कोइराला समुहको पकड रहेको छ । यो मत जसलाई गए उहि जित्ने देखिन्छ ।

देवानगंजबाट बिरेन्द्रकुमार मेहता (केएम) कडा प्रतिस्पर्धी उम्मेदवारका रूपमा प्रसतूत भएका छन् । पत्रकारिताबाट राजनीतिमा आएका अन्तराष्ट्रिय स्तरका स्थापित कुटनैतिक पत्रकार वीरेन्द्र फ्रेस अनुहार भएका कारण एकमुष्ट मत पाउने अनुमान गरिएको छ ।

त्यसैगरी देउवा समुहका स्थानीय नेता तथा देवानगंजका पालिका अध्यक्ष लालिप्रसाद मेहतापनि १० जना मध्येकै १ उम्मेदवार हुन् । यसरी हेरिदा खुल्ला तर्फ देवानगंजबाट २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

युवापुस्ताका वीरेन्द्रको लोकप्रियता बढी देखिएको छ । भने कोइराला समुहले पनि उनलाई समर्थन दिएका छन् ।

यसअघि उम्मेदवार नबन्ने भनिएका लालीप्रसादलाई देउवा समुहले उम्मेदवारको रूपमा उतारेपछि वीरेन्द्रलाई कोइराला समुहले पुर्ण समर्थन दिएका हुन । यसअघि देवानगंजबाट एक्कल साझा उम्मेदवारका रूपमा विरेन्द्र मात्र थिए ।

त्यसैगरी आरक्षण कोटामा देवानगंजबाटै रफुल अंसारी (मुस्लिम कोटा), कुन्तीदेवी यादव (महिला कोटा), बिभा यादव (महिला कोटा) लगायतका उम्मेदवारहरु पनि उम्मेदवारी दिने बताईएको छ ।

देवानगंजदेखि इटहरीसम्म गरी पुरै क्षेत्रभरी ८८० क्षेत्रीय प्रतिनिधिहरु (मतदाता) रहेका छन् । १० जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिका लागि पुरै क्षेत्रभरबाट ५० जना भन्दा बढी उम्मेदवार छन् भने आरक्षण तर्फका १४ जनाका लागि ४० जनाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । त्यसकारण मत बाडिने अडकलवाजी गरिएको छ । जसमा देवानगंजको मत एक ढिक्का रहेको देखिन्छ ।

(Visited 218 times, 1 visits today)

HTML tutorial