मनकामनापोष्ट

Written by 2:47 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सप्तरीमा प्रधानन्यायाधिशविरुद्ध कानुन ब्यबसायीहरु प्रदर्शनमा



शुभ नारायण यादव
सप्तरी,कार्तिक २९ गते ।
यहाँका कानुन व्यबसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा विरुद्ध हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । जिल्ला बार एशोसिएसन सप्तरीको नेतृत्वमा सोमबार कानुन ब्यबसायीहरुले हातमा कालोपट्टी बाँधेर १ घण्टा प्रदर्शन गरेका छन् ।
नेपाल बार एशोसिएसन सप्तरीका अध्यक्ष डोमन साहको अगुवाइमा जिल्ला अदालत राजबिराजको मूल गेटमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना बसेर बिरोध जनाएका हुन् । नेपाल बार एशोसिएसनको निर्धारित बिरोधका कार्यक्रम अन्तर्गत आन्दोलनमा एकिबद्वता जनाउँदै कानुन ब्यवसायीहरु आन्दोलनमा उत्रिएको अध्यक्ष साहले बताउनु भयो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial