मनकामनापोष्ट

Written by 8:09 am ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय, समाज

मोरङ क्षेत्र न.५ बाट योगेन्द्र मण्डलको उम्मेद्बारी


मोरङ,कात्तिक ३० गते । नेकपा एमालेको दशौं महाधिवेशनका लागि मोरङबाट पनि सर्वसहमत रुपमा प्रतिनिधि छानिएका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट सर्वसहमतिरूपमा प्रतिनिधि छानिएका छन् । दशौं महाधिवेशन प्रतिनिधिमा योगेन्द्र मंडल पनि सर्वसहमतिमा छानिएका छन् । उनी प्रदेश कमिटी सदस्य तथा जीवन विकास समाजका संस्थापक समेत हुन् ।

मोरङबाट ५७ जना प्रतिनिधि छानिनु पर्नेमा यसअघि १ सय ७० जनाले मनोनयन दर्ता गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले सर्व सहमति प्रतिनिधि छान्न बढी प्राथमिकता दिएकाले आफूहरुले सर्वसहमतिमा प्रतिनिधि छानेको योगेन्द्र मंडलले जानकारी दिए ।

‘यो एकता महाधिवेशन हो भनेर अध्यक्षले भनेअनुरुप हामीले सर्वसहमत रुपमा महाधिवेशन प्रतिनिधि छानेका हौँ’ योगेन्द्र मंडलले भने , ‘यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।’ उनले क्षेत्र नं ५ बाट मात्र उम्मेदवारी होइन जित्ने सम्भावना पनि बढी रहेको छ । किनकी योगेन्द्र मंडलको क्षेत्र नं ५ मा पकढ राम्रो भएकोले जीत अवस्य हुनेछ स्रोतले जनाएको छ।

मोरङमा यो सहमतिमा प्रतिनिधि चयन हुनुमा विनोद ढकाल र ऋषिकेश पोखरेलको विशेष भूमिका रहेको बताइएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रदेश एकका सचिव विनोद ढकालले सर्वसहमत प्रतिनिधि चयनका लागि एमाले नेता तथा कार्यकर्ताहरुको उत्साह नमर्नेगरि सहजीकरण गरेका थिए ।

(Visited 1 times, 1 visits today)

HTML tutorial