मनकामनापोष्ट

Written by 6:34 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

विपक्षीले लहान न.पा.२४ को वाडाकार्यालयमा लगाए ताला अझै खुलेन


सिरहा,मंसिर १ गते । सिरहाको लहान नगरपालिका २४ को वडा कार्यालयमा २० दिनभन्दा बढी समयदेखि लागेको तालावन्दि अझै खुलेको छैन । वडाले गरको विकासको कामहरु प्रभावकारी नभएको भन्दै विपक्षी दलका कार्यकर्ताहरुले कार्तिक १० गतेबाट ताला बन्दी गरेहो हो ।
ताला बन्दीका कारण जनताहरुको दैनिकि काम काज प्रभावित हुनेगरेको रहेको वडा अध्यक्ष कमलदेव यादवले बताए । ‘ताला बन्दी समस्याको समाधान होईन; अध्यक्ष यादवलेले ‘संवाद र वार्ताको माध्यमबाट निकास निकाल्न आग्रह गरे ।’
अध्यक्ष यादवले आफू जनताबाट निर्वाचित भएर आएको र जनताकै काम काजमा अहोरात्र लागेको बताए । समस्या समाधानको लागी छलफल र संवाद गर्न आफू बखत तयार भएको अध्यक्ष यादवले बताए ।
उनले आईतबार देखि अर्को कार्यकक्षबाहिरै बसेर जनताको सेवा सुसविधाको लागी कार्य सचालन गरी सकेको बताए । उनले भने, ‘हामी ताला तोडन सक्छौं, तर ताला तोडनु समस्याको समाधान होईन म अहिले पनि अनुरोध गर्दछु आनुस संवाद गरौ र जनताको काम काज सुचारु गरौ ।’

(Visited 3 times, 1 visits today)

HTML tutorial