मनकामनापोष्ट

Written by 8:08 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, सुरक्षा/अपराध

उदयपुका एक वृद्धाको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु


उदयपुर,मंसिर १ गते । उदयपुका एक वृद्धाको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईको हतियार प्रहारबाट श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको मृत्युपछि उनले पनि घाँटी रेटेका घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । हत्याका बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् ।

(Visited 1 times, 1 visits today)

HTML tutorial