मनकामनापोष्ट

Written by 8:35 am अर्थ/वाणिज्य, ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

श्री सहकारी संस्था लि. मिर्चैया सिरहाको ४७ औं साधारण सभा सम्पन्न



रामनारायण ठाकुर
सिरहा,मंसिर १ गते ।
सिरहा जिल्लाको मिर्चैयामा रहेको श्री सहकारी संस्था लि. मिर्चैया सिरहाको ४७ औं साधारण सभा सम्पन्न भएको छ ।

मिर्चैया नगरपालिका वडा नं. ५ संस्था चोकमा रहेको श्री सहकारी संस्था लि. मिर्चैया सिरहाको ४७ औं साधारण सभा मिर्चैयाको कटारी चौकमा रहेको खुश्बु होटल एण्ड पार्टी प्यालेसमा एक कार्यक्रमको बिच साधारणसभा सम्पन्न भएको छ भने कार्यक्रममा ७५ वर्ष माथिको १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाका सकृय सदस्य घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा श्री सहकारी संस्था लि. मिर्चैया सिरहाको अध्यक्ष भागरथ साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मिर्चैया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धिरेन्द्र कुमार साह ( ललन) को उपस्थिति र बिशेश अतिथिमा मिर्चैया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धनिकलाल यादव र वडा नं. ९ का वडा अध्यक्ष मोहन पोखरेल , रामप्रताप साह (भोला), अरूण सिंह , असनारायण मण्डल लगायत, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

(Visited 63 times, 1 visits today)

HTML tutorial